दल

पछिल्लो समय सबै क्षेत्रमा विकास भएको छ : वर्षमान पुन

इकागज |
फागुन १९, २०८० शनिबार १५:४७ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले पछिल्लो समय शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा विकास भएको बताएका छन् ।

शनिबार काठमाडौँमा प्रथम सहिद स्मृति बागमती प्रदेश रनिङ शिल्ड भलिबल प्रतियोगिता उद्घाटन गर्दै नेता पुनले पञ्चायत र राजतन्त्रपछिको गणतन्त्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा विकास भएको बताएका हुन् । तर, जनताको आकांक्षाअनुसार भने अझै पनि विकास हुन नसकेको उनले जिकिर गरे ।


नेता पुनले प्रधानमन्त्रीले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तीव्र रूपले देशको विकास गर्ने संकल्प गरेको अवस्थामा युवाहरूले साथ दिनुपर्ने धारणा राखे । उनले सबै प्रकारका खराब तत्वहरूविरुद्ध सबै मिलेर लड्नुपर्ने जिकिर गरे ।

उनले खेल क्षेत्रलाई विकास गर्न सरकारले प्रयत्न गरिरहेको बताए ।


Author

थप समाचार
x