दल

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रधानमन्त्री

इकागज |
फागुन २१, २०८० सोमबार १९:५६ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर प्रस्थान गरेका छन् । बालुवाटारमा नव गठबन्धनको बैठक चलिरहँदा उनी बालुवाटारबाट कोटेश्वर प्रस्थान गरेका हुन् ।

मन्त्रीहरूको शपथ ग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको छ । उनी माधव नेपाललाई गठबन्धनमा सामेल गर्ने उद्देश्यका साथ त्यहाँ प्रस्थान गरेको बताइएको छ ।



Author

थप समाचार
x