दल

बालुवाटारबाटै माधव नेपाललाई ओलीको फोन : मेरो कुरा प्रधानमन्त्रीज्यूलाई भनेर पठाएको छु

इकागज |
फागुन २२, २०८० मंगलबार ९:५० बजे

काठमाडौँ- लामो समयपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच फोन संवाद भएको छ । सोमबार साँझ बालुवाटारबाट ओलीले नेपाललाई फोन गरेका हुन् ।‍

ओली र नेपालको फोन संवाद हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत माओवादी र एमालेका नेताहरू पनि सँगै थिए ।


कांग्रेससँग सत्ता गठबन्धन तोडेर एमालेसँग मिलेर सरकार बनाएका प्रधानमन्त्री प्रचण्डले समाजवादीलाई पनि सरकारमा समेटेर लैजानुपर्ने प्रस्ताव गरेका थिए । लामो छलफलपछि समाजवादीलाई सरकारमा समेट्‌ने प्रचण्डको प्रस्तावमा सहमति जनाएका ओलीले नेता नेपाललाई आश्वस्त पार्न फोन गरेका थिए ।

ओली र नेपालको फोन संवाद हुँदा सँगै रहेका एक नेताका अनुसार सुरूमा ओलीले नेपालले स्वास्थ्यलाभको कामना गरेका थिए । आफू आउन नभ्याएकाले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी आउन लागेको ओलीले नेपाललाई जानकारी दिएका थिए । आफ्नो कुरा प्रधानमन्त्री प्रचण्डलाई भनेर पठाएको ओलीले नेपाललाई भनेको ति नेताले बताए । ओलीले प्रधानमन्त्री प्रचण्डले गर्ने कुरामा आफ्नो पनि सहमति रहेको नेपाललाई भनेका थिए ।


Author

थप समाचार
x