दल

एमालेको मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

इकागज |
फागुन २२, २०८० मंगलबार १५:१० बजे

काठमाडौँ- नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन् । सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरूलाई आज उक्त जिम्मेवारी दिएका हुन् ।

यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषदमा सदस्य भएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाएका हुन् । सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन् । 



Author

थप समाचार
x