दल

धेरै वर्षपछि नेपाल निवास पुगे ओली

इकागज |
फागुन २२, २०८० मंगलबार १९:२० बजे

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली धेरै वर्षपछि माधवकुमार नेपालको निवासमा पुगेका छन् ।

नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल 'प्रचण्ड' को सरकार पुनर्गठन गरेको केही दिनमा एमाले अध्यक्ष ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका हुन् ।


नेकपा विभाजन भएपछि ओली नेपाल निवास पुगेका थिएनन् । नयाँ गठबन्धनमा सामेल हुनका लागि ओलीले नेपाललाई आग्रह गरेका छन् ।

साथमा, प्रधानमन्त्री प्रचण्ड र एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि नेपाल निवासमा पुगेका छन् ।  


Author

थप समाचार
x