टुंगियो भागबण्डा : कुन दललाई कति मन्त्रालय ?
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धनमा मन्त्रालयको सिट संख्या लगभग टुंग्याएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी नेपाल (जसपा) सम्मिलित चार दलीय कार्यदलमा भएको सहमतिअनुसार पुष्पकमल दाहाल प्रचण्ड सरकारको मन्त्रिमण्डलमा सिट संख्या लगभग टुंगिएको हो ।
सहमतिअनुसार एमालेले ८ र माओवादीले ५ मन्त्रालय पाएको छ । रास्वपाले ४ मन्त्रालय पाएको छ भने जसपाले २ मन्त्रालय पाएको छ ।
'सिट संख्या लगभग टुंगिएको छ, अन्य दलसँग छलफल गरेर सबै मन्त्रालयको टुंगो गर्ने भन्ने छ,’ एक नेताले भने, ‘मन्त्रालयको जिम्मेवारी बाँडफाँट भने सरकारमा सहभागी हुने दलको टुंगो लागेपछि मात्रै निष्कर्षमा पुग्ने छ ।'
र, यो पनि
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया