राजनीति

आजै मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी

इकागज |
फागुन २३, २०८० बुधबार ९:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- सत्ता गठबन्धनका दलहरू सहमति जुटाएर आजै मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारीमा जुटेका छन् । मन्त्रालय भागबण्डा गर्न बनाइएको कार्यदलले सिफारिस गर्ने र आजै टुंगो लगाएर नयाँ मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी छ ।

कार्यदलले सिफारिस गरेपछि आजै सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने तयारी गरिएको नेकपा माओवादी केन्द्रका एक नेताले इकागजलाई जानकारी दिए । ति नेताका अनुसार शीर्ष नेताहरूको बैठकको समय भने तोकिएको छैन् । कार्यदलले कति बजेसम्म सिफारिस गर्छ त्यसैको आधारमा बैठकको समय टुंगो लाग्ने उनले बताए ।



Author

थप समाचार
x