दल

उपनिर्वाचनमा उम्मेदवार उठाउनु अघि नेकपा एसले गठबन्धनमा छलफल गर्ने

इकागज |
चैत ११, २०८० आइतबार १७:४० बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले उपनिर्वाचनका लागि अझै उम्मेदवार तय गर्न सकेको छैन ।

आज बसेको सो पार्टीको सचिवालय बैठकले सत्तारूढ गठबन्धनका अन्य घटकसँग छलफल गरेपछि मात्रै उम्मेदवारका बारेमा टुंगोमा पुग्ने निष्कर्ष निकालेको छ ।


सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

एमालेले उम्मेदवार तय गर्ने निर्णय गरे पनि सत्तारूढ गठबन्धनका नेकपा एस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीले भने अझै उम्मेदवारका बारेमा कुनै निर्णय लिइसकेका छैनन् ।
 


Author

थप समाचार
x