दल

रुसमा भएको आतंकवादी हमलाको एमालेले गर्‍यो निन्दा

इकागज |
चैत ११, २०८० आइतबार १७:४४ बजे

काठमाडौँ- नेकपा एमालेले मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ ।

आज बसेको सचिवालय बैठकले रुसको राजधानी मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको हो ।


शुक्रबार साँझ भएको आतंकवादी हमलामा १३३ जना रुसी नागरिकको ज्यान गएको थियो, जसको जिम्मा आतंकवादी समूह आईएसईसले लिएको छ ।

सो हमलाका आक्रमणकारीमध्ये ४ जना पक्राउ परेका छन् ।


Author

थप समाचार
x