दल

हिजो आन्दोलनको नेतृत्व गरेकाहरूले नै देशलाई लुटेर खोक्रो बनाए : प्रभु साह

इकागज |
चैत १७, २०८० शनिबार १७:२० बजे

काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले हिजो आन्दोलनको नेतृत्व गरेकाहरूले नै देशलाई लुटेर खोक्रो बनाएकाले देश अहिले संकटको भुमरीमा परेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको वार्षिकोत्सव समारोहलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै साहले नेताहरूले सरकारी बजेट भागबन्डा गर्ने र देशको सम्पत्ति नेताहरूको निजी बनाउने गरेकाले देश संकटमा पुगेको बताएका हुन् ।


उद्योग-धन्दा चौपट रहेको र ठूला-ठूला ओहोदाको व्यक्तिहरूले विदेशी नागरिकता लिएको भन्दै उनले यसमा सरकारले नै सहजीकरण गरेको आरोप लगाए ।

उनले भारत र चीनमा कर कम लिने तर विकास बढी हुने गरेको उदाहरण दिँदै नेपालमा भने भारत र चीनको भन्दा उल्टो काम भएको टिप्पणी गरे ।

त्यस्तै साहले नेपालभित्र लिडरसिपको खडेरी देखिएको धारणा राखे । 


Author

थप समाचार
x