दल

प्रधानमन्त्री र प्रहरी प्रमुखले गृहमन्त्रीलाई ‘क्लिन चिट’ दिए

इकागज |
चैत १८, २०८० आइतबार १२:११ बजे

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाएर गृहमन्त्री रवि लामिछानेको छानबिन गर्न माग गरेको छ । सहकारी ठगीमा संलग्न रहेको भन्दै काँग्रेसले लामिछानेको संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको हो ।  

आइतबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै समय लिएर बोल्दै कांग्रेस सांसद सन्जय गौतमले लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रहरी प्रमुख बसन्त कुँवरले ‘क्लिन चिट’ दिएको भन्दै आपत्ति जनाए ।


उनले संसदीय छानबिन समिति नबने लामिछानेको विषयमा कसरी निष्पक्ष छानबिन हुन्छ भन्दै प्रश्न गरे । उनले भने, 'हामीले संसदीय समितिको माग गरेको छौँ । गोरखा मिडिया नेटर्वकका नाममा ८० करोडभन्दा बढी सहकारीको रकम जम्मा भएको छ । आज त्यो मिडिया सञ्चालनमा छैन । ९० हजार जनताले कसरी न्याय पाउने भयो ?'

गौतमले यो विषय गृहमन्त्रीको नैतिकतासँग जोडिने भन्दै स्वार्थ बाझिने काम भइरहेको पनि उल्लेख गरे । पूर्वअर्थमन्त्रीद्वय रामशरण महत र जर्नादन शर्मा तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको उदाहरण दिँदै लामिछानेलाई नैतिकता देखाउन उनले आग्रह गरे । 


Author

थप समाचार
x