दल

काँग्रेसले भन्यो - जनताको पैसा दुरुपयोग भयो, न्याय टुहुरो भयो

इकागज |
चैत २०, २०८० मंगलबार ११:३५ बजे

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको भन्दै छानबिनको माग गर्दै आज पनि संसदमा विरोध गरेको छ ।

संसदको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरे । 


गृहमन्त्री लामिछानेमाथि छानबिनको भइरहेको छ भन्दा काँग्रेस चुप लागेर बसेको उनले बताए । उनले भने,  'प्रहरी प्रमुख र प्रधानमन्त्री पुष्पकमल दाहालले नै गृहमन्त्री दोषी नभएको बताएपछि अनुसन्धान प्रभावित भयो, सरकारले अनुसन्धान अलपत्र पार्यो ।' 

जनताको पैसा दुरुपयोग भएको भन्दै उनले जनताको न्याय टुहुरो भएको बताए । त्यसैले पनि काँग्रेसले छानबिन समितिको माग गरेको उनले स्पष्ट पारे । 

उनले गृहमन्त्रीले नयाँ गर्छु भन्नुभएकाले छानबिन समिति बनाएर आरोपलाई टुंग्याउनसमेत आग्रह गरे । 


 


Author

थप समाचार
x