दल

कांग्रेस पार्टीलाई विचार र व्यवहारमै शुद्धीकरण गर्नुपर्छ : महामन्त्री थापा

इकागज |
चैत २४, २०८० शनिबार १८:३३ बजे

फाइल तस्बिर

ललितपुर- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई विचार र व्यवहारमै शुद्धीकरण गर्नुपर्ने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले महासमितिबाट केही विषयमा पार्टीभित्र शुद्धीकरण सुरु भइसकेको भन्दै आगामी वर्ष पार्टीलाई पूर्ण रूपमा विचार र व्यवहारमै शुद्धीकरण गर्नुपर्ने बताएका हुन् । उनले संगठनलाई सुदृढ बनाउँदै समयमा नै अधिवेशन गर्नुपर्ने र पुराना नेताहरूलाई सम्मानका साथ बिदाइ गर्नुपर्ने धारणा राखे ।


उनले अरू जस्तै हुने कोसिस गर्दागर्दै पार्टीले आफ्नो मौलिकता गुमाएको भन्दै यसमा नेतृत्वले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । थापाले कुनै पनि व्यक्ति कांग्रेस भएकै कारण अपराधी बनाइनु गलत भए पनि अपराध गरेर कांग्रेस भएकै कारण जोगिनुपर्छ भन्ने कुरामा कांग्रेसले अडान लिनुपर्ने बताए ।

उनले यसअघि दुई पटक बहुमत पाउँदा कांग्रेसले पार्टी जोगाउन नसकेको भन्दै ८४ मा बहुमत पाए पार्टी कसरी अघि बढ्ने भन्ने कुरा जनतामा स्पष्ट पार्नसक्नुपर्ने जिकिर गरे । 


Author

थप समाचार
x