दल

पार्टीलाई बलियो बनाउन सबै एक जुट हौँ :​ सभापति देउवा

इकागज |
चैत २४, २०८० शनिबार १८:४१ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा पार्टीको क्षेत्रीय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै उनले सबैलाई आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न आह्वान गरे । उनले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी तयारी गर्न र त्यसतर्फ एकजुट भइ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।


आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले अब स्थिरताको बाटो खोज्नुपर्नेमा जोड दिए


Author

थप समाचार
x