दल

सरकारविरुद्ध सिंहदरबार दक्षिण गेटअगाडि नेविसंघको प्रदर्शन

इकागज |
चैत २५, २०८० आइतबार १२:४२ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेको छ । 

जनताको संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिकको उपचार राज्यले गर्नुपर्ने, निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो ।


सिंहदरबार क्षेत्रमा नै प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केही विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कदम चाल्न नसकेको, सहकारी प्रकरणमा गृहमन्त्रीमाथि अनुसन्धान गर्नुपर्ने भन्दै उनीहरुले नारा लगाएका थिए । 


Author

थप समाचार
x