दल

गृहमन्त्रीले आफूलाई चोखो ठान्छन् भने पछि हट्नुपर्छ : राजेन्द्र पाण्डे

इकागज |
चैत २७, २०८० मंगलबार १८:५६ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिँदै पाण्डेले आरोप लागेको मन्त्रीले आफू बाहिर हटेर आरोपबाट चोखिनु पर्नेमा जबरजस्ती गर्नुमा केही बदमासी छ भनेर शंका गर्ने ठाउँ रहेको बताए । उनले गृहमन्त्रीले आफूलाई चोखो ठान्छन् भने पछि हट्नुपर्ने टिप्पणी गरेका छन् ।


मंगलबारको बैठकमा कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय समितिको माग पूरा नभएसम्म संसद् चलन नदिने अडान राखेपछि बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।


Author

थप समाचार
x