संसद अवरुद्धको जिम्मेवारी सरकारले लिनुपर्छ - सचेतक थिङ
फाइल फाेटाे
काठमाडौँ - नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले संसद अवरुद्धको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छिन् ।
बुधबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थिङले करिब १ महिनादेखि प्रतिपक्षीले उठाएका विषयमा सरकार गम्भीर नभएका कारण सदन अवरुद्ध भएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी हुन् ।
अहिले सहकारी प्रकरणको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग महत्वपूर्ण भएकाले यसमा निष्कर्षमा पुगेपछि सदनमा विशेष महत्वको प्रस्ताव लगायत अन्य विधेयकमा छलफल गर्न सकिने उनले बताइन् । उनले आफ्ना मागका बारेमा ध्यानाकर्षण गराउन कांग्रेसले चाहेको कदम गलत भएको दावी गरिन् ।
सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै बुधबार पनि कांग्रेसले सदन अवरुद्ध गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया