दल

कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दै

इकागज |
बैशाख १, २०८१ शनिबार १५:३७ बजे

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार बिहान ७:३० बजे र संसदीय दलको बैठक सोही दिन बिहान ८:०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएको हो ।


सरकारले संघीय संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरिसकेको छ भने अन्तिम बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । सो बैठक अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।


Author

थप समाचार
x