दल

सुदूरपश्चिममा एकीकृत समाजवादीको यूटर्न, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

इकागज |
वैशाख ४, २०८१ मंगलबार १६:४:१६ बजे

धनगढी - सुदूरपश्चिममा एकीकृत समाजवादीले यस अघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।

केन्द्रको सत्ता समीकरणमा रहेका दलहरूले एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउन सहमति गरेपछि एकीकृत समाजवादीले यसअघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो ।


एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख नाजिर मियाँलाई बुझाएका छन् ।

योसँगै अब एकीकृत समाजवादीले प्रदेशमा मुख्यमन्त्रीमा दाबी गर्ने बताइएको छ । यसका लागि प्रक्रिया मिलाउने तयारी भएको बुझिएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भएको छलफल अनुसार घटनाक्रम अगाडि बढेको देखिएको छ । 

न्युज कारखाना
   


Author

थप समाचार
x