दल

रवि लामिछानेको प्रश्न- जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

इकागज |
बैशाख ४, २०८१ मंगलबार १९:४१ बजे

फाइल फाेटाे

काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको बताएका हुन् ।


साथै लामिछानेले के जीबी राईका सारा बदमासीको ठेक्का मैले  लिनु पर्ने हो ? भन्दै प्रश्न समेत गरेका छन् । उनले आफ्नो पोष्टमा अनुसन्धानले सुप्रिम सहकारीमा ठगी गरेको कुनै प्रमाण अनुसन्धानबाट पुष्टि नभएको समेत दाबी गरेका छन् ।

उनले भने- 'के अभियोगपत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टि भएको छ र?अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालीन समयमा सेयरधनी रहेको बाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टि भएको कतै  केही छ ? म जीबी राई ले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक व्यक्ति थिए ? कि म दुई चार करोड ठगठाग गरेर जीवन धान्न पर्ने हैसियतहीन मान्छे हुँ ?' 

उनले आफू सहकारी ठगीमा कहीँ कतैबाट नजोडिएको र नदेखिएको प्रमाणले पुष्टि गरेको बताउँदै प्रहरीको अनुसन्धानलाई  प्रभावमा पार्ने काममा नलाग्न समेत आग्रह गरेका छन् ।

उनले भने- 'म सहकारी ठगी कार्यमा कहि कतैबाट नजोडिएको र नदेखिएको प्रमाण सहितको तथ्य पुष्टि हुँदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न सबैलाई अनुरोध गर्दछु ।'

बुटवल स्थित सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गरेको प्रहरीले रबि लामिछानेको नाममा २ करोड ऋण लिइएको र सो ऋण लिंदा प्रकृया नपुर्याइएको उल्लेख गरिएको छ । तर प्रहरीले दायर गरेको मुद्दामा लामिछानेलाई प्रतिवादी नबनाएपछि चौतर्फी आलोचना भइरहेको छ ।


Author

थप समाचार
x