दल

जरिवाना तिर्न राप्रपालाई काठमाडौँ महानगरको पत्र

इकागज |
बैशाख ७, २०८१ शुक्रबार १९:३५ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको छ ।

गत चैत २७ गते राप्रपाले गरेको काठमाडौँ जनप्रदर्शनका क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्याण्डमा क्षति पुर्‍याएको भन्दै महानगरले जरिवाना तिराउने निर्णय गरेको हो ।


काठमाडौँ महानगरले राप्रपालाई फोहोरमैला ऐन २०६८ को दफा ३९ अनुसार ५ हजार जरिवाना र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ अनुसार आन्दोलनका क्रममा ट्राफिक आइल्याण्ड मर्मतका लागि २ सय २२ रुपैयाँ ८१ पैसा लागेकाले सोही अनुरूप जरिवाना गरेको जनाएको छ ।

महानगरको बैंक खाता समेत उल्लेख गरेर सो अनुसारको जरिवाना तिर्न महानगरले राप्रपालाई पत्र पठाएको छ । 


Author

थप समाचार
x