दल

सत्ता गठबन्धनभित्र अरूले निर्णय गरेर पालन गर्न निर्देशन दिने कुरा स्वीकार्य हुँदैन : माधव नेपाल

इकागज |
बैशाख ८, २०८१ शनिबार १८:६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनभित्र अरूले निर्णय गरेर पालन गर्न निर्देशन दिने कुरा स्वीकार्य नरहेको बताएका छन् ।

शनिबार काठमाडौँमा पार्टीको कोशी सम्पर्क कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको मानसम्मान र भूमिकालाई वास्ता गरे गठबन्धनमा सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको भन्दै अरूले निर्णय गरेर आफूलाई मान्न बाध्य बनाउने कुरा स्वीकार्य नहुने बताए ।


उनले सम्मानजनक ढंगबाट अघि बढ्न चाहने धारणा राखे । राप्रपाको मतबाट चुनाव जितेर ठूला कुरा गर्न कसैले नमिल्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालले सुदूरपश्चिमको संकट टार्नका लागि आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नहुने अवस्थामा प्रधानमन्त्रीले सकारात्मक भूमिका खेलेर सहमतिको अवस्थामा ल्याएको भन्दै प्रचण्डलाई धन्यवाद दिए । उनले लुम्बिनी र बागमतीमा पनि बिनाविभागीय मन्त्री दिएको भन्दै आपत्ति जनाए ।

उनले छोटो अवधिमा तीन पटक गठबन्धन परिवर्तन भएको भन्दै अर्को गठबन्धन केही बन्छ भन्न नसकिने तर्क गरे । वर्तमान गठबन्धनलाई लामो समयसम्म टिकाउन सबैको भूमिका सकारात्मक हुनुपर्ने उनले बताए ।


Author

थप समाचार
x