दल

एमाले अध्यक्ष ओली अस्वस्थ

इकागज |
बैशाख ९, २०८१ आइतबार १४:५० बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा जारी रहेको बेला ओली अस्वस्थ भएका हुन् । उनको सचिवालयले दिएको जानकारी अनुसार ओलीलाई रूखाखोकी लागेको छ र संक्रमणको जोखिमले निवासमै आराम गरिरहेका छन् ।


अध्यक्ष ओली अस्वस्थ भएपछि जारी महाधिवेशन प्रतिनिधि परिषद्को अध्यक्ष वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन् । प्रतिनिधि परिषद्को आजको बैठकमा शनिबार पेस भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ ।

प्रतिवेदनमाथिको छलफल सकिएसँगै आजै प्रतिनिधि परिषद्को बैठक सकिनेछ भने सोमबार विशेष कार्यक्रम आयोजना गरिँदै छ ।


Author

थप समाचार
x