दल

अहिले वामपन्थी मात्र मिल्ने अवस्था होइन : ओली

इकागज |
बैशाख १०, २०८१ सोमबार १६:२९ बजे

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी दलबीच अहिले सहमति र सहकार्य हुने बताएका छन् ।

सोमबार नेकपा स्थापनाको ७५औं वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले सत्ता सहकार्य भएको भन्दै तत्काल एकता भने नहुने स्पष्ट गरेका हुन् ।


उनले भने, 'वामपन्थीहरू मिलेर अगाडि बढ्ने अवस्थामात्र होइन, देशभक्ति शक्तिहरू मिलेर जाने समय हो। जो देशको स्वाधीनता र स्वतन्त्रताको पक्षमा वकालत गर्छ । भ्रष्टाचारविरुद्ध लाग्छ । जनताको आकांक्षा पूरा गर्न लाग्छ । हो ती शक्तिहरू मिलेर जानुपर्छ । अहिल्यै मिल्न थाल्यौँ भने किन फुट्या भनेर प्रश्न उठ्छ । अहिले सहमति र सहकार्य गरेर जाऔँ । सहकार्यको माध्यमबाट निकट हुँदै क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौं ।'


Author

थप समाचार
x