दल

लोकतन्त्रको विकल्प समुन्‍नत लोकतन्त्र नै हो : गगन थापा

इकागज |
बैशाख ११, २०८१ मंगलबार १७:५४ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै यसको विकल्प कुनै पनि आवरणको अतिवाद हुन नसक्ने बताएका छन् ।

महामन्त्री थापाले लोकतन्त्रको विकल्प भनेको समुन्नत लोकतन्त्र नै भएको बताउँदै लोकतन्त्र व्यवस्था ल्याएअनुसार अवस्था बदलिन नसक्दा आम निराशा रहेको बताएका छन् ।


उनले लोकतन्त्र शब्दमा होइन हाम्रो आचरण र कार्यशैलीमा प्रतिबिम्बित हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, 'आज लोकतन्त्र दिवस ! जनअधिकार र लोकतन्त्रका लागि जीवन आहुति गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली ! लोकतन्त्र व्यवस्था त ल्यायौँ तर त्यसअनुरूप अवस्था बदलिन नसक्दा आम निराशा पक्कै छ तर यसको विकल्प कुनै पनि आवरणको अतिवाद होइन र हुन सक्दैन । लोकतन्त्रको विकल्प भनेको समुन्नत लोकतन्त्र नै हो । लोकतन्त्र शब्दमा होइन हाम्रो आचरण र कार्यशैलीमा प्रतिबिम्बित हुन सकोस् । यही व्यवस्थाभित्र अवस्था बदल्न आजको दिनले हामी सबैलाई उत्प्रेरित गरोस् । लोकतन्त्र दिवसको हार्दिक शुभकामना !'


Author

थप समाचार
x