दल

बुथ क्याप्चर गरेर कांग्रेस पहिलो पार्टी बन्यो, नत्र एमाले पहिलो हुन्थ्यो : ओली (भिडियो)

इकागज |
जेठ ३, २०८१ बिहीबार १३:० बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बुथ क्याप्चर गरेर पहिलो पार्टी बनेको आरोप लगाएका छन् । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ३१औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका बोल्दै ओलीले आरोप लगाएका छन् ।

'बुथ क्याप्चर गरेर कांग्रेस पहिलो पार्टी भएको हो । नत्र एमाले पहिलो पार्टी हुन्थ्यो' ओलीले भने 'लोकप्रिय मतको हिसाब एमाले पहिलो पार्टी छ ।'


त्यस्तै कम्युनिस्ट भन्नेले नै पार्टी विभाजन गर्दा विश्वास नै नलागेको बताएका छन् । ओलीले झण्डै दुई तिहाई नजिक पुराएको कम्युनिस्ट पार्टीलाई दक्षिणपन्थीको इशारामा फुटाउन कम्युनिस्ट भन्नेले भूमिका खेलेको देख्दा विश्वास नै नलागेको बताए ।

उनले सबै कुरालाई पराजित गर्दै अलमलमा परेका नेताहरूलाई एकतावद्ध बनाउँदै कम्युनिस्ट पार्टी सुदृढ शक्तिको रुपमा आएको बताए । सबै एकतातिर हुँदा एमालेले एक्लै चुनाव लड्दा पनि आफ्नो हैसियता देखाउन सफल भएको उनले बताए ।

अध्यक्ष ओलीले पार्टीलाई सिद्धाउने चक्रव्युहबाट बाहिर निस्केको अवस्थामा अब दिगो बिजय हासिल गर्न मिशन ८४ मा ध्यान केन्द्रीत रहेको धारणा राखे । ओलीले अग्रज नेताहरूले देखाएको बाटो पछ्याउँदै मुलुकलाई समृद्ध बनाउन एमाले ध्यान केन्द्रित हुने जिकिर गरे ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र  विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल लगाएतले मदन आश्रितप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी पार्टीका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको निधन भएको थियो । 
 


Author

थप समाचार
x