दल

राष्ट्रिय सभाको बैठक साढे ४ बजे बस्ने

इकागज |
जेठ ३, २०८१ बिहीबार १४:१० बजे

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय सभाको बैठक अपरान्ह ४: ३० बजे बस्ने भएको छ। यसअघि अपरान्ह १: १५ बजेका लागि तय भएको बैठक साढे ४ बजेका लागि सारिएको हो ।

बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । 


राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ ।


Author

थप समाचार
x