दल

सभामुख पार्टीको इसारामा चलेको कांग्रेसको आरोप

इकागज |
जेठ ३, २०८१ बिहीबार १८:४२ बजे

काठमाडौँ- नेपाली कांग्रेसले सभामुख पार्टीको इसारामा चलेको आरोप लगाएको छ । 

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख पार्टीको इसारामा चलेर जबर्जस्ती संसद् चलाउन खोजेको आरोप लगाएका हुन् ।


उनले एमालेका सांसदहरूले इसारा गर्ने र सभामुखले बैठक अगाडि बढाउने दृश्य अनौठो देखिएको टिप्पणी गरे । उनले यसअघि कहिल्यै पनि सभामुख प्रतिपक्षी दल उठेपछि सभा संचालन गरेको आफूले नदेखेको बताए ।
   


Author

थप समाचार
x