दल

कांग्रेसले असंसदीय व्यवहार गर्‍यो : एमाले

इकागज |
जेठ ३, २०८१ बिहीबार १८:४६ बजे

काठमाडौँ- नेकपा एमालेले प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अराजकता मच्याएको आरोप लगाउँदै संसदमा मुठभेडको थलो नबनाउन आग्रह गरे ।


उनले कांग्रेसले संसदमा आफ्नो कुरा लादिरहने र अरूको कुरा नसुन्ने बाटोमा हिँडिरहेको आरोप लगाए ।

उनले कांग्रेसले संसद् अवरोध गरिरहे बैठक अगाडि बढ्ने दाबी गर्दै संसदलाई बन्धक बनाउन नमिल्ने बताए ।


Author

थप समाचार
x