दल

बोल्न नदिने जवाफ दिन नदिने हुँदैन, यो कांग्रेसको केन्द्रीय समिति हैन, सदन हो : योगेश भट्टराई

इकागज |
जेठ ३, २०८१ बिहीबार १९:२० बजे

काठमाडौँ- सत्तारूढ दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले संसद्‌लाई आफ्नो दलको केन्द्रीय समिति वा तरुण क्लब नठान्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । 

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसले भनेको मान्नुपर्छ भन्ने कुनै आवश्यकता नरहेको बताए । उनले गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने बताएका छन् ।


'बोल्न नदिने, जवाफ दिन नदिने हुँदैन । यो कांग्रेसको केन्द्रीय समिति हैन, सदन हो । जनताबाट चुनिएर आएका २७५ जना प्रतिनिधि बस्ने हो । यो नेविसंघ वा तरुण क्लबजस्तो हैन, संसद् हो । मर्यादा हुन्छ । कांग्रेस मात्र छैन यहाँ । हामी पनि छौँ,' उनले भने ।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसकै अवरोधका बीच सभामुख देवराज घिमिरेले संसद् बैठक अघि बढाएपछि सदनमा मुठभेडको स्थिति सिर्जना भएको थियो । त्यसपश्चात् सभामुखले सदन बैठक स्थगित गरेका थिए ।


Author

थप समाचार
x