दल

पार्टी छाडेका कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आग्रह

इकागज |
जेठ ४, २०८१ शुक्रबार १९:१९ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छाडेर गएकाहरूलाई आफ्नो पार्टीमा फर्कन आग्रह गरेका छन् ।

अध्यक्ष यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सबै नेता कार्यकर्ताहरूलाई पार्टीको मूलधारमा आउन एकताबद्ध भएर पार्टीलाई अघि बढाउन आग्रह गरेका हुन् ।


‘जसपा नेपालबाट अलग भएर जानु भएका विभिन्न तह तप्काका साथीहरूलाई मूलधारमा फर्कन आह्वान गर्दछौं,’ उनले भनेका छन् ।

उनले जसपा नेपाल विशिष्ट सोच, सिद्धान्त र एजेन्डा बोकेको पार्टी भएको भन्दै समाजवादी आन्दोलन, पहिचान, संघीयता र गणतन्त्रका सवालमा उत्तिकै प्रतिबद्ध रहेको बताएका छन् ।

 


Author

थप समाचार
x