दल

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

इकागज |
जेठ ६, २०८१ आइतबार १२:१९ बजे

काठमाडौँ - विपक्षी दलहरूले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई आग्रह गरेका छन् ।

सभामुखको सचिवालयका अनुसार विपक्षी दलहरू बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सो अनुरोध गरेका थिए ।


अहिले कार्यदलको बैठक कानुन मन्त्रालय सिंहदरबारमा बसिरहेको छ । अहिले विपक्षी दलहरू पनि कार्यदलको बैठकको नतिजा पर्खी रहेपछि संसदको ११ बजे बोलाइएको बैठक अन्योलमा परेको छ ।


Author

थप समाचार
x