दल

उपेन्द्रले सभामुखलाई दिए नयाँ दल बनाएका सात सांसदलाई कारबाही गरेको जानकारी

इकागज |
जेठ ६, २०८१ आइतबार १८:१४ बजे

काठमाडौँ- जसपा नेपालले नयाँ दल जसपा बनाएका सात जना सांसदलाई कारबाही गरेको जानकारी सभामुखलाई दिएको छ ।

जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवल किशोर शाह सुडी, रन्जुकुमारी झा, विरेन्द्रप्रसाद महतो, प्रदीप यादव हसीना खान र सुशिला श्रेष्ठलाई कारबाही गरेको जानकारी दिएका हुन् ।


हाल सर्वोच्च अदालतले नयाँ दल जसपालाई यथास्थितिमा दिन अन्तरिम आदेश दिएको उल्लेख गर्दै यादवले कानुनमा नभएको व्यवस्था प्रयोग गरेर निर्वाचन आयोगले दल दर्ता गरिदिएको उल्लेख गरेका छन् ।

साथै पत्रमा सात सांसदको सदस्यता रिक्त भएको र सर्वोच्च आदेशअनुसार पनि उनीहरूलाई प्रधानमन्त्रीले लिने विश्वासको मतसहित प्रतिनिधिसभाको कुनै पनि गतिविधिमा सामेल नगराउन ध्यानाकर्षण समेत गराएका छन् । 


Author

थप समाचार
x