दल

देशको आर्थिक समस्याबारे सरकार गम्भीर हुनुपर्छ : अध्यक्ष लिङ्देन

इकागज |
जेठ ६, २०८१ आइतबार २२:१ बजे

काभ्रेपलाञ्चोक- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले आर्थिक समस्या बल्झँदै जाँदा गम्भीर रूपमा छानबिन गरी भ्रष्टाचारको न्यूनीकरणमा नलागेको आरोप लगाएका छन् । राप्रपा काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिद्वारा धुलिखेलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेषगरी सहकारीमा संलग्नको छानबिन गरी ‘राम्रालाई राम्रो र नराम्रोलाई कारबाहीको दायरामा’ ल्याएको भए अहिलेको अवस्था सिर्जना हुने थिएन भने । 

उनले सरकारले भ्रष्टाचारीलाई उम्कन नपाउने मान्यता स्थापित गर्नुपर्नेमा जोड दिए । युवा वर्ग विदेशमा अध्ययन वा अन्य बहानामा रगत–पसिना बगाउन जाने लहरले देशको जनशक्ति पलायन भएकामा उनले दुखेसो पोखे । सरकार जनताको समस्याभन्दा आफ्नो समस्यातर्फ केन्द्रित भइरहेको उनको धारणा थियो । 


अध्यक्ष लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ सशक्त बन्न आग्रह गरे । 'मैले अन्तरमनदेखि भनेको कुरा हो, भ्रष्टाचार गरी आफ्नो आमाको रगत खानुसरह हो, मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन, गरे भने मलाई मृत्युदण्ड दिए पनि हुन्छ,' उनले भने । 

कार्यक्रममा राप्रपाका सहमहामन्त्री विजय खड्का, केन्द्रीय सदस्यद्वय उदय मुस्याजू र गणेशलाल श्रेष्ठले पार्टीमा नवआगन्तुकलाई शुभकामना व्यक्त गरेका थिए ।


Author

थप समाचार
x