दल

सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला

इकागज |
जेठ ८, २०८१ मंगलबार १९:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य नहुने बताएका छन् । 

सामाजिक सञ्जालमार्फत तीन दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य नहुने बताएका हुन् । 


उनले भने, 'आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोपविरुद्ध छानबिन हुन नदिने तर ३ दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन ।'

यस्तै प्रहरीले सही र गलत छुट्याउनेमा आफू विश्वस्त रहेको पनि कोइरालाले जिकिर गरे ।

 

 

 

र, यो पनि

कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

- सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि पटक पटक हस्तक्षेप भयो : कैलाश सिरोहिया

- रिट लिएर सर्वोच्च पुगे सिरोहिया

- ​सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरको कार्यालयमा पुग्यो

- सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम : सिके राउत

- कान्तिपुर कार्यालयबाट अध्यक्ष कैलाश सिरोहिया पक्राउ

- पक्राउपछि सिरोहियाले भने- गृहमन्त्रीले प्रतिशोध साँधेर पक्राउ गरे

- सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण : पत्रकार महासंघ


Author

थप समाचार
x