दल

काेटेश्वरमा कांग्रेसकाे नारा : गृहमन्त्री रविकाे पाराले दु:ख पाए साराले, जिबि राई कहाँ छ, रविलाई थाहा छ [फाेटाे/भिडियो]

जीवन कुँवर |
जेठ १०, २०८१ बिहीबार २०:१४ बजे

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग गर्दै राँके जुलुस निकालेको छ ।


बिहीबार साँझ तरुण दलका नेता तथा कार्यकर्ताहरूले काठमाडौँस्थित कोटेश्वरमा राँके जुलुस निकालेका हुन् । उनीहरूले 'रविको पाराले दु:ख पाए साराले', 'गृहमन्त्री राजीनामा दे', 'जीवि राई कहाँ छ, रविलाई थाहा छ' लगायतका नारा लगाउँदै गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा जाने निर्णय गरेको थियो ।

भिडियो:

बुधबार सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको थियो । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा सहभागी गराउने निर्णय गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

भिडियो:


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x