दल

जसपा अध्यक्ष यादवसहितका नेता महाधिवेशन प्रतिनिधिमा निर्विरोध

इकागज |
जेठ १०, २०८१ बिहीबार २१:४६:२० बजे

विराटनगर- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् ।

आज गृह जिल्ला मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट उनी सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका हुन् । अध्यक्ष यादवले महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएकोमा सम्पूर्ण पार्टी पङ्क्ति एवं निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरे ।


सोही क्षेत्रबाट अध्यक्ष यादवसँगै जयराम यादव, सुरेशप्रसाद सिंह गनगाई, भोगेन्द्र यादव, सदिना खातुन, जोगीलाल यादव, विनिता सिंहलगायत नेताहरूसमेत  महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भए । 

जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशन यही जेठ २८, २९ र ३० गते जनकपुरमा हुँदैछ । अहिले देशैभरिबाट महाधिवेशनका लागि प्रतिनिधि चयन भइरहेका जनाइएको छ ।


Author

थप समाचार
x