दल

बजेट ल्याउन दिने विपक्षी दलहरूको निर्णय

इकागज |
जेठ १५, २०८१ मंगलबार ११:३३ बजे

फाइल फोटो

काठमाडौँ - विपक्षी दलहरूको बैठकले बजेट ल्याउन दिने भएका छन् । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठकमा यो सहमति भएको हो । 

पछिल्लो केही दिनयता विपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद्‌ अवरोध गर्दै आएको छ । संसदीय छानबिन समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम राख्नै पर्ने अडानमा विपक्षी दल थियो भने नाम नराख्ने अडानमा सरकारी पक्ष थियो ।


विपक्षी दलको बैठकले मध्यमार्ग खोज्दै छानबिन समितिको कार्यादेशमा लामिछानेको सट्टा गोर्खा मिडियाको नाम राख्न सहमत भएपछि बजेटमा विपक्ष दलले अवरोध नगर्ने भएको हो ।  

आज दिउँसो १ बजे आगामी आर्थिक वर्षको बजेट ल्याउने कार्यसूची रहेको छ । संविधानमा नै हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने प्रावधान राखिएको छ । 


Author

थप समाचार
x