दल

संसदीय समिति सात सदस्यीय बनाइने

इकागज |
जेठ १५, २०८१ मंगलबार १२:९ बजे

फाइल फोटो

काठमाडौँ- सहकारी ठगीबारे छानबिन गर्न सात सदस्यीय संसदीय समिति बनाइने भएको छ । उक्त समिति आज अपरान्ह ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा घोषणा गरिने बताइएको छ ।

उक्त समितिको कार्यविधि तीन महिनाको हुने कांग्रेस संसदीय दलको बैठकमा जानकारी दिइएकाे का‌ंग्रेसका एक सांसदले बताए । 


प्रमुख सत्तासाझेदार दल नेकपा एमालेका तर्फबाट समितिमा दुई सदस्य रहनेछन् । यस्तै, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट एक/एक सदस्य रहनेछन् ।

कांग्रेसबाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट समितिमा एक सदस्य रहने ती नेताले जानकारी दिए । 


Author

थप समाचार
x