Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

अहिलेको राजनीति भ्रष्टाचारले बिग्रियो : माधव नेपाल

इकागज |
जेठ १८, २०८१ शुक्रबार १२:२९ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति गर्नेहरूले जनताको चाहनालाई केन्द्रबिन्दूमा राख्न सक्नुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा लिखुसँग आत्मसमर्पण पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति सहज ढंगले अगाडि बढ्नको लागि जिम्मेवारीमा बसेकाहरू राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् । 


राज्यका स्रोत साधनहरू जनताको हितमा सोच विचार गरेर परिचालन गर्नुपर्ने उनको भनाइ छ । अहिलेको राजनीति भ्रष्टाचारले बिग्रिएको र त्यसको असर समाजका साथै समग्र देशमा परेको उनले बताए ।  अध्यक्ष नेपालले अहिलेको बजेटमा कृषिका योजनाहरू धेरै राम्रो गरि आएको धारणा राखे । 

उनले राष्ट्रिय राजनीतिलाई सहज रुपमा अघि बढाउन ध्यान पुर्याउँदै संवेदनशील हुनुपर्ने बताए । 


Author

थप समाचार
x