दल

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

इकागज |
जेठ १८, २०८१ शुक्रबार १२:५२ बजे

काठमाडौँ - सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी छ । 


बैठकमा जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट बारे छलफल भइरहेको छ ।  आइतबारदेखि संसदमा बजेट बारे छलफल हुने कार्यक्रम रहेकाले माओवादीले संसदमा प्रस्तुत हुने रणनीति बारे छलफल गर्न लागेको हो ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए ।


Author

थप समाचार
x