दल

बूढीगण्डकी आयोजना कसले, कसरी र कहिले बनाउने भन्‍नेमा सरकार स्पष्ट हुनुपर्छ : विश्वप्रकाश शर्मा

इकागज |
असार २, २०८१ आइतबार १४:२३ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढीगण्डकी जलविद्युत् आयोजनाको अन्यौलतालाई हटाउनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमाथि छलफलमा भाग लिँदै शर्माले बूढीगण्डकी जलविद्युत् मुलुकको गेम चेन्जर परियोजना भएको भन्दै यसलाई बजेट अभाव र सञ्चालनको अन्योलमा पर्न दिन नहुने बताएका हुन् ।


शर्माले बूढीगण्डकी आयोजना कसले, कसरी र कहिले बनाउने भन्नेमा सरकार स्पष्ट हुनुपर्ने उल्लेख गरे । उक्त आयोजनाका लागि मुआब्जा वितरणको काम लगभग पूरा भएको भन्दै उनले सरकारले कुन ढाँचामा जाने भन्ने निर्णय समयमा गर्न सक्नुपर्ने धारणा राखे ।

आयोजनालाई अगाडि बढाइ सो क्षेत्रमा ‘नेप्लिज फल्स’ नामक पर्यटकीय गन्तव्य बनाउन सकिने उनको भनाइ छ ।

उनले विभिन्न आयोजनाहरूको सम्भाव्यता अध्ययनको प्रस्ताव गर्ने तर पर्याप्त बजेट नछुट्याउने प्रवृत्तिले समग्र आयोजना नै अन्यौलमा परेको उल्लेख गरे । 


Author

थप समाचार
x