दल

योगले पवित्र आचरणका लागि मार्गनिर्देश गर्छ : ओली

इकागज |
असार ७, २०८१ शुक्रबार १५:४३ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योग कुनै धर्मसँग नभई मानवजीवनको स्वास्थ्यसँग सम्बन्धित रहेको बताएका छन् । 

योग दिवसका अवसरमा नेकपा एमालेले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले योगले शारीरिक, मानसिक स्वस्थताका साथै पवित्र आचरणका लागी मार्गनिर्देशन गर्ने भएकाले यो कुनै धर्मसँग सम्बन्धित नरहेको बताएका हुन् । 


उनले योगले मान्छेभित्र रहेका खराब तत्वहरूलाई निकाल्न मद्दत गर्दै असर मान्छे बनाउन सक्ने धारणा राखे । 

योग अनुशासित पवित्र जीवन भएको भन्दै उनले योग मानव मस्तिष्क स्वस्थ रहोस् भन्ने कुरासँग पनि सम्बन्धित रहेको  बताए । 

उनले योगलाई विश्वव्यापीकरण गर्नुपर्ने र यसका लागि धेरै अन्तराष्ट्रिय क्षेत्रबाट पहल भइरहेको बताए । 


Author

थप समाचार
x