दल

रास्वपालाई लिङ्देनको सुझाव : जनताले देखाएको भरोसा र आशामा धोका हुने काम नगर्नु

इकागज |
असार ७, २०८१ शुक्रबार १८:२९ बजे

काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले देखाएको भरोसा र आशामा धोका हुने काम नगर्न रास्वपालाई सुझाव दिएका छन् ।

रास्वपाको दोस्रो स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित चियापान कार्यक्रममा उनले नेपाली राजनीतिमा नयाँ दलको रूपमा स्थापित भएको रास्वपाले धेरै प्रगति गरेको भन्दै जनताले देखाएको भरोसा र आशामा धोका हुने काम नगर्न रास्वपालाई सुझाव दिएका हुन् ।


उनले अहिले पनि संसदमा पुरानै दल हाबी भएको अवस्थामा मुख्य नेताहरूले गरेको निर्णयको भारी सबै सांसदहरूले बोक्नुपर्ने अवस्था विद्यमान नै रहेको धारणा राखे ।​ उनले संसदमा पुरानो प्रवृत्ति अहिले पनि रहेकाले कुनै पनि सांसदले आफ्नो स्वविवेकले निर्णय गर्न नसक्ने जिकिर गरे । 


Author

थप समाचार
x