दल

बजेट राम्रो भएकाले पास भयो : अध्यक्ष ओली

इकागज |
असार ११, २०८१ मंगलबार १६:४४ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको बताएका छन् । 

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा ओलीले आगामी आर्थिक बर्षको बजेट राम्रो भएकैले सदनबाट बहुमतले पास भएको बताएका हुन् । 


प्रधानमन्त्रीले मन्त्रीहरूले नै आफूखुसी बजेट राखेको भन्ने गुनासो गरेको छ नी भन्ने प्रश्नमा ओलीले आफूले त्यस्तो नसुनेको जिकिर गरे । 

मंगलबार प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको बजेट पारित भएको छ । 


Author

थप समाचार
x