राप्रपाको जिल्ला अध्यक्षको भेला हुँदै
फाइल तस्बिर
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला अध्यक्षहरूको भेला बोलाएको छ । भेला आउँदो साउन १७ र १८ गते काठमाडौँमा हुने भएको छ ।
भेलामा पार्टीको समग्र सांगठनिक अवस्थाको समीक्षा गर्न, पार्टी निर्माणका चुनौति र सम्भावना पहिचान गरी आवश्यक रणनीति तय गर्न, निकट भविष्यमा हुने निर्वाचनहरूको तयारी थाल्न देशका सबै जिल्ला कार्यसमिति अध्यक्षहरूको भेला गर्न लागिएको राप्रपाले बताएको छ ।
राप्रपाले सबै जिल्ला कार्यसमितिका अध्यक्षहरूलाई अनिवार्य उपस्थित हुन परिपत्र गर्दै जिल्लाको समग्र सांगठनिक अवस्था, सक्रिय सदस्यता वितरण, नवीकरण भइसकेका र हुन बाँकीको विवरण, नयॅा सक्रिय सदस्यता वितरणको योजना, जिल्ला अन्तर्गतका सबै तहका कार्यसमितिको नामवली सहितको विवरण, जिल्ला र भातृ संगठनको अवस्था समेटिएको प्रतिवेदन सहित उपस्थित हुन जिल्ला अध्यक्षहरूलाई बैठकमा बोलाइएको छ ।
भेलामा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, पार्टीले लिएका रणनीति, भावी कार्ययोजनाका सम्बन्धमा जिल्ला अध्यक्षहरूलाई ‘ब्रिफिङ्’ गर्नेछन् भने पार्टीका वरिष्ठ नेताहरूले पार्टी जीवनका विविध पक्षहरूमा अन्तरक्रियात्मक छलफल गर्ने कार्यक्रम तय भएको राप्रपाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया