दल

महामन्त्रीले बुझाएको समीक्षा यात्राको प्रतिवेदनमाथि पार्टीभित्र गम्भीर छलफल हुन्छ : शिशिर खनाल

इकागज |
असार १३, २०८१ बिहीबार १८:१२ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले महामन्त्रीले बुझाएको समीक्षा यात्राको प्रतिवेदनमाथि पार्टीभित्र गम्भीर छलफल हुने बताएका छन् ।

बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले इलामको निर्वाचनपछि पार्टी सचिवालयले नै देशभर पार्टीको अवस्थाका बारेमा अध्ययन गर्न महामन्त्री मुकुल ढकाललाई जिम्मेवारी दिएको भन्दै महामन्त्रीको प्रतिवेदनमाथि पार्टीभित्र गम्भीर छलफल हुने र आवश्यक निष्कर्ष निकाल्ने बताएका हुन् ।


महामन्त्रीको प्रतिवेदन व्यक्तिको इच्छाले भन्दा पनि पार्टीभित्र समस्या रहे नरहेको बुझ्नका लागि तयार भएको उनको भनाइ छ । खनालले प्रतिवेदनको निष्कर्षका आधारहरूमा समेत अध्ययन हुने उनको भनाइ छ ।

यसअघि महामन्त्री ढकालले राजनीतिक, सैद्धान्तिक र संगठनात्मक क्षेत्रमा पार्टीभित्र सुधार गर्नुपर्ने लगायतका सुझाव दिँदै पार्टी सभापति रवि लामिछानेलाई समीक्षा यात्राको प्रतिवेदन बुझाएका थिए । 


Author

थप समाचार
x