दल

एकीकृत समाजवादीको पदाधिकारी संख्या २१ सदस्यीय हुने

इकागज |
असार १३, २०८१ बिहीबार २०:२८ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारीको संख्या २१ सदस्यीय बनाउने भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले पदाधिकारीमा अध्यक्ष, सम्मानित नेता र वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएका हुन् ।


त्यस्तै उपाध्यक्षमा एक महिला र एक मधेशी रहने व्यवस्था गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । 

त्यसैगरी एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने भएको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक-एक जना ल्याइने भएको छ ।
 


Author

थप समाचार
x