दल

कमल थापाको प्रश्न : रुसमा ३५ नेपालीको मृत्यु भइसक्यो, प्रधानमन्त्री र परराष्ट्रमन्त्री के गर्दै हुनुहुन्छ ?

इकागज |
असार १५, २०८१ शनिबार १४:२४ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले रुसी सेनामा गएका ३५ जना नेपालीको मृत्यु भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठप्रति असन्तुष्ट व्यक्त गरेका छन् । उनले प्रचण्ड र श्रेष्ठलाई तपाईंहरू के गर्दै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले रुसी सेनामा अवैध रूपमा कार्यरत ३५ नेपालीहरूको मृत्यु भइसकेको, युक्रेनमा ६ नेपाली बन्दी बनाइएको र हमासले गाजामा १ नेपालीलाई बन्धक बनाएको छ तर, नेपाल सरकार निरीह र अकर्मण्य रहेको टिप्पणी गरेका छन् ।


उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई तपाईंहरू के गर्दै हुनुहुन्छ ? भनेर प्रश्न गरेका छन् ।


Author

थप समाचार
x