दल

देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता

इकागज |
असार १५, २०८१ शनिबार २०:१८ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शनिबार अपरान्ह ओली निवास बालकोट पुगेका देउवाले ओलीसँग समसामयिक विषयमा छलफल भएको बताइएको छ ।


देउवासँगै ओली निवासमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि पुगेकी थिइन् ।

सत्ता समीकरणमा विभिन्न विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


Author

थप समाचार
x